Friday, February 10, 2012

अपाङ्ग सेवा संघको साधारण सभा सम्पन्न

प्यूठान, २७ माघ । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको विहिवार सम्पन्न नवौ साधारण सभाले कार्यसमितिको रिक्त पदमा तीन सदस्यलाई चयन गरेको छ । सदस्यहरु झपेन्द्र राना, उजेली विक र गुमीदेवी पौडेललाई चयन गरिएको हो ।  आगामी वर्षको कार्यक्रममा अपांग तथा पछाडी परेका समुहलाई समेटेर सहकारी स्थापना गर्ने निर्णय गरेको छ । गाउगाउमा गठन भएका अपांगता समिति संजाल थप १० गाविसमा विस्तार गर्न जोड दिने, सिप विकास तालिम संचालन गर्ने, अपांग साथी बनाउने, अपांगता भएकाहरुलाई सहायक सामाग्री वितरण गर्ने लगायतका कार्याक्रमहरु रहेको संघका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले अपांगता भएका व्यक्तिहरुलाई राज्यले दिने सेवा सुविधालाई सहज बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो ।  सोही अवसरमा संस्थाका संस्थापक संरक्षक खलंगा १ कसेरीका कृष्ण बहादुर खड्कालाई दोसल्ला सहित सम्मान गरिएको छ ।  कार्यक्रममा सचिव हुनाराम खड्काले प्रगति प्रतिवेदन, कोषाध्यष याम बहादुर थापाले आर्थिक प्रतिवेदन, स्वागत अर्जुन पन्थी र संचालन कार्यक्रम सुपरभाइजर संगिता खड्काले गर्नुभएको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।