Thursday, February 9, 2012

प्यूठानमा स्याउ खेती गर्दै निमबहादुर

सुजल श्रेष्ठ प्यूठान माघ २५ । सानै उमेरमा विदेश गएर स्वदेश फर्किएर कृषि पेशामा संलग्न हुनु भएका हुनु भएको छ निमबहादुर घर्ती । मरन्ठाना ४ म¥याङका घर्तीले आफ्नै गाउँमा व्यावसाियक स्याउ खेतीको सुरुवात गरेर उदाहरणीय बन्नु भएको छ । ८ कक्षा पढ्दै गर्दा पढाई छोडेर भारत पुग्नु भएका घर्तीले स्वदेशमै आएर आयआर्जनको बाटो  अँगाल्नुभएको हो ।
    भरतको सिम्लामा स्याउको पेटी बोक्ने काम गर्नुभएका घर्तीले त्यहाँको स्याउ खेतीबाट प्रभावित भएर आफ्नै ठाउँमा व्यवसाय गर्ने सोंचका साथ आफू जागिर छोडी फर्केको बताउनुभयो । भारतमा काम गर्ने समयमा स्याउखेती बारे जानकारी लिएको थिए त्यहीअनुसार अहिले काम गरेको छु घर्तीले भन्नुभयो । घर्तीले गत वर्षको माघमा १५ रोपनी भन्दा बढी जग्गामा २ सय ५० वटा स्याउका बोट लगाउनुभएको छ । भक्तपुरबाट प्रतिबोट ७५ रुपैयाँका दरले खरिद गरी लगाएको उहाँले जानकारी दिनुभयो । घर–परिवारको सहयोगमा विरुवालगायतको उहाँले बताउनुभयो । घर्तीले भन्नुभयो “कृषि विकास कार्यालयले प्यूठानले सहजीकरण गरेको छ, विरुवा ढुवानीमा पनि सहयोग गरेको थियो ।”

    विदेशमा घण्टौ गर्ने मिहेनतले नेपालमा काम गरेमा प्रशस्त आम्दानी गर्न सकिने उहाँको विश्वास छ । विगतलाई सम्झिदै उहाँले भन्नु भयो “आफू सानै छँदा गाउँमा एक दुई बोट थियो, त्यसमा राम्रै फल्ने गथ्र्यो । आफूले गरेको व्यवसायिक खेतीप्रति हर्षित हुँदै गत वर्ष नै फूल हालेको भए पनि विरुवा सानो भएकाले टिपेर फालेको बताउनुभयो ।” “कृषिको परामर्शमा फल रुखले धान्न सक्दैन भनेर टिपेर फालियो” उहाँले थप्नुभयो “रुख सानै भएकाले यस पाली पनि फल नराखिदिने सोंचमा छु ।”
    स्याउ खेती गर्न थालेपछि सार्क राष्ट्रको एक विज्ञ टोली पनि आफ्नो स्याउ खेती बारे जानकारी लिन आएको बताउनुभयो । टोलीले स्याउको बोट निरिक्षण गरेको थियो । स्याउ खेतीसँगदै अन्य व्यवसायिक तरकारी खेती गर्ने समेत तयारी गरेको उहाँले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयबाट पछिल्लो समयमा सहयोगहरु नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँको परिवारमा श्रीमती र तीन भाई छोरा छन् ।

साभार: गणतन्त्र दैनिक दाङबाट 

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।