Wednesday, February 8, 2012

प्युठान सेवा समाजद्धारा राजदुतको विदाई कार्यक्रम




दोहा, कतार - प्युठान सेवा समाज दोहा कतारले नेपाली राजदुत महामहिम डा. सुर्यनाथ मिश्रको सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरेको छ । आफ्नो चार वर्षे कार्यकालमा राजदुत डा. मिश्रले कतारमा वैदेशिक रोजगारको सिलसिलामा आई काम गरिरहेका नेपाली श्रमिक कामदारहरुको हकहितको पक्षमा रही नेपाली कामदारहरुमाथि हुने गरेको ठगीदलाली रोक्ने कार्यमा प्रशंसनिय कार्य गर्दै नेपाल र कतार दुई मुलुकविचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा उच्च भूमिका निर्वाह गरी नेपाल नेपाल सरकार र देशविदेशमा रहेका नेपालीको लागि गौरवपूर्ण योगदान पुर्‍ याएको कुराको उच्च मुल्यांकन गर्दै प्युठान सेवा समाजको तर्फबाट राजदुत डा. मिश्रलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।

का.वा. अध्यक्ष छविलाल विकको अध्यक्षता र समाजका महासचिव बलदेब रानाको सञ्चालन रहेको उक्त कार्यक्रममा प्युठान सेवा समाजका प्रमुख सल्लाहकार प्रकाश केसी कोषाध्यक्ष बासुदेव पोखरेल सहसचिव नविन शाह लगायत सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने महिला प्रतिनिधी रोजिना बास्तोला, नानीमाया गुरुङले राजदुत डा. मिश्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमको व्यवस्थापनमा अनुकरणीय योगदान पु

र्‍ याएका थिए । राजदुत डा. मिश्रले प्यूठान सेवा समाजलाई धन्यवाद दिदै नेपाली समुदायको विचमा उदाहरणीय काम गरीरहन सुझाएका थिए ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।