रविन पि.एम.
माघ २२प्यूठान ।
प्यूठानका ब्याबसायिक कृषकहरुले आफुहरुलाइ सरकारि निकायले ब्वास्ता गरेको गुनासो गरेका छन ।
उनिहरुले कृषि बिकास कार्यलयले आफुहरुलाइ समयमै बिउ बिजन उपलब्ध नगरायको ,आबश्यक तालिम तथा प्रशिक्षणको ब्यबस्था नगरेको र बालिनालिमा रोग लाग्दा पनि कार्यलयले कुनै सहयोग नगरेको बतायका छन ।
जिल्ला कृषि बिकास कार्यलय प्यूठानले गरेको प्रमुख कृषि उत्पादकत्व क्षेत्र र ब्याबसायिक कृषि खेति अपनायका ब्यक्ति तथा क्षेत्रको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारि लुक बहादुर क्षेत्रि ,जिल्ला कृषि बिकास कार्यलय प्यूठानका बरिष्ठ कृषि बिकास अधिकृत श्याम प्रसाद रिजालको टोलि समक्ष कृषकहरुले यस्तो गुनासो गरेका हुन । टोलिले जिल्लाको बिजुवार ,धर्मावति र मच्छि क्षेत्रका प्रमुख कृर्षि उत्पादकत्व क्षेत्रको अनुगमन तथा ब्याबसायिक कृषकहरुको गुनासो ,र कृषिमा आधुनिकता ल्याउनु पर्ने उदेश्यका साथ अनुगमन गरेको जिल्ला कृषि बिकास कार्यलय प्यूठानले जनायको छ ।
कृषकहरुको गुनासो सुनेपछि कृषि बिकास अधिकृत रिजालले कृषकहरु आफ्नो समस्याको पहिचान गरि आयमा कार्यलयले समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयको छ ।

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।