माघ १८ प्यूठान । गत शुक्रबार प्यूठानको भिंग्रि गाविसमा लाखौको क्षति हुने गरि भएको आगलागि पिडितहरुका लागि हालसम्म ७६ हजार ५ सय ४३ रुपैया नगद जम्मा भएको छ । आज भिग्रि गाविसले प्रदान गरेको नगद २० हजार सहित राहत रकम करिब ७६ हजार भन्दा बढि संकलन भएको हो । जिल्ला प्रशासन कार्यलय प्यूठानले पनि पिडितहरुलाइ राहत स्वरुप ४५हजार रुपैया प्रदान गरेको थियो ।
पिडितहरुलाइ बिभिन्न संघ सस्था, राजनितिक दल ,ब्यक्तिबाट बिभिन्न जिन्सि सामान समेत प्राप्त भयको राहत समितिका संयोजक पुरन घर्तिले बताउनु भयो । हालसम्म राष्ट्यि जनमोर्चा प्यूठान र स्वर्गद्धारि आश्रमबाट सयुक्त रुपमा ३१ हजार ५ सय ६८ ,गाविसकै किमिचौर निबासि रामबहादुर घर्तिबाट रु २० हजार, सुन परिक्षणका लागि भएको चीनिया कम्पनिबाट एक थान टेन्ट र रु १ हजार ,नेपाल रेडक्रस सोसाइटिबाट कम्बल ,त्रिपाल र खानापकाउने भांडाकुंडा ,कालिका बिकास केन्द्र बिजुवार वाट १४ कट्टा चामल र १४ वटा सिरक ,प्यूठान उधोग बाणिज्य संघबाट ५ कट्टा चामल ,र एक कट्टा चिउरा रेडक्रस उपशाखा भिंग्रिबाट चारकट्टा मोटा चामल ,रोल्पा लालटिबांग लिसो कम्पनिबाट ११ किलो नुन ,११० केजि चामल ,२२ केजि दाल ,५ लिटर खानेतेल ,केयर नेपाल नेपालगन्जबाट २२ वटा ब्लंकेट प्राप्त भयको राहत समितिका संयोजक घर्तिले बताउनु भयो ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।