माघ १८ प्यूठान । जिल्ला स्वास्थ्य कार्यलय प्यूठानले सन्चालन गरेको एकिकृत स्वास्थ्य अभियान अन्र्तगत आज जिल्लाको पुंजा गाविसमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । उक्त शिबिर अन्र्तगत प्यूठानको उत्तरि क्षेत्रमा पर्ने रजवारा ,अर्खा, खुंग,लगायतका स्थानिय सेवा ग्राहिले स्वास्थ्य परिक्षण गरेका छन ।दुइ दिनसम्म चलेको शिविरमा ९१६ जनाले सामान्य स्वास्थ्य परिक्षण र अन्य २५५ जनाले स्त्रि रोग सम्बन्धि सेवा लियका छन ।
शिबिरमा जिल्ला स्वास्थ्य कार्यलय प्यूठानका जनस्वास्थ्य निरिक्षक शिद्धिमणि सुबेदि को नेतृत्वमा डाक्टर भद्र हमाल ,बिशाल श्रेष्ठ,जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठ, सिनियर अबेब कौशलराज बैध ,स्टाफ नर्स सिर्जना र सृष्टिले बिरामिको सवास्थ्य परिक्षण गर्नु भयको थियो । त्यस्तै आज जिल्ला अस्पताल र माडि क्षेत्रलाइ मध्यनजर गरि उप स्वास्थ्य चौकि भिंग्रिमा पनि शिविर सन्चालन भएको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।