पौष २६ प्यूठान । विभिन्न मागहरु राख्देै झिमरुक प्रभाबित क्षेत्र संघर्ष समिती प्यूठानले बुटवलपावर कम्पनी लिमीटेड दारीमचौर प्यूठानको प्रशासन शाखामा आज तालाबन्दी गरेको छ ।
प्रभावित क्षेत्र अन्र्तगतका ठाउँहरुमा तटबन्धन गरी नदी नियन्त्रर्ण गर्नुपर्ने सिचाई कुलोहरु निरन्तर साचालन गर्नुपर्ने र उत्पादनमा बृद्धी गर्न मौसमी तथा बेमैासमी खेतीगर्नका लागि सहयोग गर्नु पर्ने लगायतका माग राख्दै समितीले तालाबन्दी गरेको हो । झिमरुक प्रभाबित क्षेत्र संघर्ष समिती प्यूठानका समयोजक मुक्ती पोख्रेलको नेतृत्वमा गएको टोलीले शाखामा तालाबन्दी गरीदिएको हो । यसअघि झिमरुक ड्यामसाइडमा ताला लगाइसकेको समितीले आफ्ना मागहरु पुरा नभएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।