Sunday, January 8, 2012

प्यूठानको पहिलो हटलाइन सेवा सुचारु

सुजल श्रेष्ठ, प्यूठान पुस २४ । कृषकहरुलाई सहुलियतरुपमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय प्यूठानले जिल्लामै पहिलोपटक हटलाइन सेवा शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको हटलाइन सेवाले जिल्लामा रहेका कृषकहरुको कृषि सम्वन्धी समस्या समाधान गर्न सहयोग पुर् याउने कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयले १६६०८६४२००० नम्वरको टोलपि्रु नं।मा फोन गर्दा पैसा नलाग्ने कार्यालय प्रमुख श्यामप्रसाद रिजालले बताउनुभयो । कृषि सम्वन्धी समस्या र प्राविधिक सल्लाहका लागि यो नम्वरमा फोन गर्न सकिने प्रमुख रिजालले बताउनुभयो ।
निक्कै पहिलेदेखि कार्यालयले यस्तो सेवा साचालन गर्ने योजना रहे पनि प्राविधिक कारणवश हाल मात्र साचालनमा ल्याउन सकिएको कार्यालयका योजना अधिकृत इन्द्र शर्मा ढुंगानाले बताउनुभयो । यो सेवा विहान १० वजेदेखि दिउँशो २ वजेसम्म फोन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।