रविन पि. एम. पौष २२ प्यूठान ।जिल्लाको तिराम र मर्काबांग गाबिस का स्थानिय सेवा ग्राहिलाइ प्रत्यक्षरुपमा सेवा प्रदान गर्ने उदेश्यले आज प्यूठानको तिराम गाबिसमा घुम्ति शिविर सम्पन्नभयको छ घुम्ति शिबिरमा करिब २ बढिलाइ नागरिकता बितरण गरियको छ ।
त्यस्तै शिबिरमा जिल्ला प्रशासन कार्यलयको अगुवाइमा पशु कृषि स्वास्थ्य निर्बाचनमहिला तथा बालबालिका जिल्ला बिकास जिल्ला हुलाक कार्यलय लगायतले आ आफनो क्षेत्र बाट प्रदान गरिने बिभिन्न सेवा सेवा ग्राहिलाइ प्रदान गरियको छ ।घुम्ति शिबिर को आयोजना भयपछि त्यस क्षेत्रका सदरमुकाम सम्म धाउनुपर्ने असाय असक्त आर्थिक अबस्था कमजोर भयका लगायत सम्पुर्ण सेवाग्राहिले प्रत्यक्ष रुपमा सेवा पाउदा आफुहरुलाइ राहत महशुस भयको स्थानिय सेवाग्राहिले बताएका छन । जिल्ला प्रशासन कार्यलय प्यूठानको आयोजनामा भयको घुम्ति शिबिर तिराम उपस्वास्थ्य चौकिमा सम्पन्न भयको हो । <
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।