सुजल श्रेष्ठ
वाग्दुला–मच्छि–ठुलावेसी मोटरबाटो सुधार नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । दैनिक दर्जनबढी गाडी चल्ने सडक सुधार हुन नसक्दा सहज रुपमा यातायात आवतजावत हुन सक्दैनन । हिउँदको समयमा समेत यो बाटो हिलाम्मे हुने भएकाले कष्टपुर्ण यात्रा हुने यात्रुहरुले बताएका छन् । बाटोमा खाण्डाखुण्डी भएकोले सामान्य वर्षात हुँदा समेत पोखरी बन्ने गरेको छ ।

मोटरबाटोमा लाखौं रकम खर्च गरिदै आएपनि खर्च गरे अनुसारको बाटो मर्मत नभएको स्थानीयले बताएका छन् । मोटरबाटो मर्मत गर्न र यसको रेखदेखको लागि उपभोक्ता समिति समेत गठन गरिएको छ । बाग्दुला–मच्छि सडक खण्डको लागि र मच्छि– ठुलावेसी–गौमुखी सडकको लागि दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ ।
मच्छि–ठुलावेसी–गौमुखी ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष जनक के.सीले बाटो सुधारका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो । यस क्षेत्रको बाटो मर्मतको लागि दैनिक एक जना मजदुर राखिएको उहाँले बताउनुभयो । ‘मासिक तीन हजार दिएका छौं’ – उहाँले भन्नुभयो । यसअघि २ जना मजदुर राखिएको भएपनि रकम अभावले एक जना मजदुर कटौती गरेको उहाँले बताउनुभयो । मजदुरको ज्याला यस क्षेत्रमा चल्ने विभिन्न यातायताबाट पैसा उठाएर दिने गरिएको छ ।वाग्दुला–मच्छि–ठुलावेसी मोटरबाटो सुधार नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । दैनिक दर्जनबढी गाडी चल्ने सडक सुधार हुन नसक्दा सहज रुपमा यातायात आवतजावत हुन सक्दैनन । हिउँदको समयमा समेत यो बाटो हिलाम्मे हुने भएकाले कष्टपुर्ण यात्रा हुने यात्रुहरुले बताएका छन् । बाटोमा खाण्डाखुण्डी भएकोले सामान्य वर्षात हुँदा समेत पोखरी बन्ने गरेको छ ।
मोटरबाटोमा लाखौं रकम खर्च गरिदै आएपनि खर्च गरे अनुसारको बाटो मर्मत नभएको स्थानीयले बताएका छन् । मोटरबाटो मर्मत गर्न र यसको रेखदेखको लागि उपभोक्ता समिति समेत गठन गरिएको छ । बाग्दुला–मच्छि सडक खण्डको लागि र मच्छि– ठुलावेसी–गौमुखी सडकको लागि दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ ।
लोकल वस प्रति महिना ४ सय, सवारी जिप २ सय, मालवाहक जिप ३ सय र नाइट बसबाट प्रत्येक पटक ३० रुपैया लिने गरिएको उपभोक्ता समितिले जनाएको छ । ‘बाटो मर्मतका लागि गाडिवालाले नै यस्तो नियम बनाएका हुन् ।’ अध्यक्ष केसीले भन्नुभयो ।
यो नियमपछि व्यवसायिहरुले बाग्दुला देखी ठुलावेसी सम्म दुई ठाउँमा पैसा तिनुपर्ने भएको छ । मरन्ठानामा राखिएको व्यारियलमा पनि उनीहरुले पहिलेदेखि पैसा तिदै आएका छन् । ‘मरन्ठानाको पैसा जिविसमा जान्छ अहिलेसम्म पाएका छैनौ ।’ अध्यक्ष के.सीले भन्नुभयो, ‘जिविसले दिने बजेट वर्षको एक पटक हो, त्यो पनि असार मसान्तमा आउँछ, एक महिनामा काम सक्नुपर्छ नत्र पैसा फ्रिज हुन्छ ।’
गाडी चालक धु्रव के.सीले सम्वन्धित निकायले मर्मत नगरेपछि आफै कस्सिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफै हिड्ने बाटो हो, गाडी विग्रिए आफैलाई समस्या पर्छ ।’ उहाँले यो बाटोमा मोटरसाइकलाई पनि ‘साइड’ दिन अप्ठ्यारो पर्ने बताउनुभयो । ‘ठूला गाडीलाई साइड दिन १÷२ किलोमिटर ब्याक गर्नुपर्छ ।’ यतिसम्म की कुनै ठाउमा गाडी विग्रीएमा बाटो नै जाम हुने भन्दै उहाले गुनासो गर्नुभयो ।
२ वर्षदेखी यो रुटमा गाडी चलाउँदै आउनुभएका विक्रम सुनारले आजसम्म पनि बाटो सुधार नहुँदा समस्या परिरहेको बताउनुभयो । हिउँदको समयमा अलि अलि चलाउन मिल्ने भएपनि धेरै समस्या झेल्नुपर्ने उहाले गुनासो गर्नुभयो । ‘साइड दिने ठाउ नै हुँदैन, लोड गाडी पनि ब्याक लिनुपर्छ’ उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, ‘बाह्रैमास बाटो यस्तै हो ।’
यस आर्थिक वर्षमा बाग्दुला–मच्छि सडकको लागि जिल्ला विकास समितिबाट ५ लाख रुपैया खर्च गरी मर्मत गरिएको छ । त्यसैगरी मच्छि–ठुलावेसी सडक मर्मतका लागि पचास हजार रुपैया खर्च गरिएको जिल्ला विकास समिति प्यूठानले जनाएको छ । यस आर्थिक वर्ष ०६८÷०६९ का लागि जिल्लाका सम्पूर्ण सडक मर्मतका लागि १२ लाख ७५ हजार रुपैया खर्च भैसकेको छ । त्यसैगरी जिविसले पुर्वाधार कर उठाउन यस वर्ष २ लाख रुपैयामा टेण्डर गरेको लेखापाल विमल श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।