Monday, January 23, 2012

नव निर्बाचित अध्यक्ष कर्माचार्यलाइ एक कार्यक्रमका बिच पद हस्तानतरण

रविन पि.एम.
माघ ९ प्यूठान ।कालिका बिकास केन्द्र नेपाल बिजुवार प्यूठानको नब निर्बाचित पदाधिकारिहरुलाइ पद हस्तान्तरण गर्नका लागि आयोजित सह बनभेज कार्यक्रम आज सम्पन्न भयको छ ।खलङगा गाविस स्थित वडानम्बर ८ बांझ बारिमा सम्पन्न बनभोज कार्यक्रमकै अबसरमा नया पदाधिकारिहरुलाइ पद हस्तान्तरण गरियको छ ।
गत पौष १८ गते सम्पन्न भयको सस्थाको अबिधेशन तथा बार्षिक उत्सवको अबसरमा अध्यक्ष पदमा  निर्बाचित भयका भगत बहादुर कर्माचार्यलाइ निर्बतमान अध्यक्ष अर्जुनकुमार कक्षपतिले पद हस्तान्तरण गर्नु भयो ।
नब निर्बाचित उपाध्यक्ष चन्द्रमान श्रेष्ठको स्वागत मन्तब्य संगै शुरु भयको कार्यक्रमको अध्यक्षता नब निर्बाचित कर्माचार्यले गर्नु भयको थियो ।
कार्यक्रममा स्थानिय बिकास सधिकारि भुवन प्रकाश बिष्ट ,चण्डिदल गणका गणपति राम प्रसाद खनाल ,समाजसेवि डाक्टर लेखराज सुबेदि लगायतको बिशेस उपस्थिति रहेको थियो ।
कार्यक्रमको अबसरमा कालिका बिकास केन्द्रमा हाल २६८ आजिवन सदस्य ,१५ जनाको कार्यसमिति ,र ३३ जना कर्मचारि रहेको जानकारि गराइयको थियो।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।