Tuesday, January 24, 2012

आगलागीबाट पाँच परिवारको विचल्ली

प्युठान, १० माघ । प्युठानको फोप्ल्ीिमा मंगलबार भएको आगलागीबाट पाँच घरपरिवारको बिचल्ली भएको छ । आगलागीबाट स्थानीय इश्वरी दमाई, हस्तबहादुर दमाई, भूपे दमाई, गोपाल दमाई र रामबहादुर दमाईका परिवार बिचल्लीमा परेका हुन् ।

    पmाप्ली १ लुप्लुङको दलित बस्तीमा भएको आगलागीबाट पाँच घर गोठ जलेर नष्ट भएका छन् भने करिब १३ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको जनाइएको छ ।
    आगलागीबाट कुनै मानवी क्षति नभए पनि घर, गोठ, चौपाया सम्पूर्ण जलेर नष्ट भएको स्थानीय मधुसूदन भण्डारीले बताउनुभयो ।
    यस्तै घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, अन्नपात, गरगहनासमेत जलेर नष्ट हुँदा पीडित परिवारले अहिले स्थानीयको सहयोगमा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
    घटना लगत्तै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीसहितको टोली राहत सामग्री लिएर घटनास्थल पुगेको र प्रतिपरिवार पाँच÷पाँच हजार नगद, चिउरा, चाउचाउ वितरण गरेको छ ।
    आगलागीको कारण भने खुल्न नसकेको र आगलागी नियन्त्रणका लागि स्थानीयबासी र प्रहरी परिचालन गरिएको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।