प्यूठान, २८ पुस । प्यूठान ओखरकोट २ खहरे निवासी लाटी भनिने मुना के.सी र उनको ४ वर्षिय छोरी कल्पना जि.सीलाई सहयोग हस्तान्तरण गरिएको छ । यी परिवारको र्ददनाक पीडा संचार माध्यमबाट प्रकाशन प्रसारणमा आए पछि ललितपुर उप–नगरपालिका २२ चाकुपाट मनिडोंपथ बस्ने सुनिल महर्जन र काठमाण्डौ महानगरपालिका ४ बालुवाटार बस्ने विनोद श्रेष्ठले सहयोग प्रदान गर्नुभएको हो । परिवारलाई संयुक्त रुपमा २१ हजार नगद र लत्ता कपडा प्रदान गरिएको हो ।
प्रेस चौतारी प्यूठानको पहलमा सदरमुकाम खलंगामा विहिवार एक कार्यक्रमको आयोजना गरि सहयोग प्रदान गरिएको हो । साथै सहयागदाताहरुले आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । उनीहले प्रेस चौतारी नेपाल, प्यूठानलाई मुनाको नागरिकता, अपांग परिचय पत्र बनाउन सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै बैंकमा खाता संचालन गरेपछि नियमित रुपमा खातामा रकम जम्मा गरिदिने सहयोगीद्धगी महर्जन र श्रेष्ठले जनाउनुभएको छ । सोही अवसरमा जिल्ला बालकल्याण समिति प्यूठानले असाहाय आमाछोरीलाई पाँच हजार रुपैया नगद सहयोग गर्ने बताएको छ । कार्यक्रममा समितिका अध्यक्ष अष्ट कुमार श्रेष्ठले प्रतिवद्धता जनाउनुभएको हो । मुनाको नागरिकता, अपाङ्ग परिचय पत्र लगायत प्रक्रियाका लागि समेत पहल गरिरहेको चौतारी प्यूठानका सचिव एलबी थापाले बताउनुभयो । त्यस्तै उनीहरुको वास वस्ने घरको व्यवस्था मिलाइदिन, छोरीलाई पढाई दिन सहयोग गर्न चौतारी प्यूठानले आह्वान गरेको छ ।
गत वर्ष श्रीमान्को मृत्यु भएपछि ४ वर्षिय छोरीले छिमेकिसँग मागेर आमा पालिरहेकि छिन् । गरिविका साथसाथै आमा बोल्न नसक्ने अपांग छिन्, राम्रोसँग आखाँ समेत देख्दीनन् । छिमेकिको सहयोगमा झुपडीको निर्माण गरिए पनि त्यो झुपडी अहिले भत्कीने अवस्थामा रहेको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।