Thursday, January 5, 2012

प्यूठानका छुट्टा छुट्टै ठाँउमा दुईको मृत्यु

प्यूठान, २१ पुस÷ प्यूठानको बाँदीकोट र स्वर्गद्धारीमा गरि दुई जनाको मृत्यु भएको छ । बाँदीकोट–६, निवासी तारा पौडेलको घाँस काट्न गएको बेला विहिवार लडेर मृत्यु भएको छ ।

४१ वर्षिय पौडेल भिरबाट करिब ५ सय मिटर तल खसेको स्थानीय लाल वहादुर खड्काले बताए । उनको घटना स्थलमै मृत्यु भएको हो ।
यसैबिच स्वर्गद्वारीमा एकजना तिर्थालु मृत्त अवस्थामा फेला परेका छन् । स्वर्गद्वारी दर्शनका लागि आएका किर्तिपुर–२ निवासी केशरे महर्जन मृत अवस्थामा फेला परेका हुन् ।
७९ वर्षिय महर्जन स्वर्गद्वारीमा रहेको तलाउ किनारमा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । चिसोका कारण मृत्यु भएको हुन सक्ने बताइए पनि घटनाको बारे खुल्न सकेको छैन ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।