Wednesday, January 11, 2012

स्थानीयबासीद्धारा ६ कि मी गोरेटो बाटो निर्माण

रबिन पि.एम.पौष २६ प्यूठान । माघेसक्रान्ति नजीकीदै गर्दा भक्तालुजनको समस्यालाई ध्यानमा राखी स्थानीयबासीहरुले गोरेटो बाटो निर्माण कार्य सम्पन्न गरेका छन ्। ऐराबती युवा क्लब बरैाला ३ लमिदमार प्यूठानको सक्रीयतामा मेला हेर्न जाने भक्तालुजनलाई मेला स्थल सम्म पुग्न सजिलो होस भनेर लामिदमारदेखी घाक्से खोलासम्म करीब ६ कि मी गोरेटो बाटो निर्माण गरेको अध्यक्ष फस्रुराम पुलामीले बताउनु भयो ।

क्लबले ऐराबती युवा क्लब दाङबाङले आयोजना गरेको सांगीतिक महोत्सबलाई ब्यबस्थीत गर्न सहयोग गर्ने निर्णय गरेको लामीदमारबाट माधब गाहाले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।