रबिन पि.एम.पौष२२ । राष्टिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत प्यूठानमा राष्टिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत प्यूठानमा पनि करिब २ लाख ३८ हजार लाई औषधि खुवाउने लक्ष्य को साथै आज हात्तिपाइले रोग विरुद्ध को ओषधि खुवाइदै छ । जिल्लाको खलंगाविजयनगरधर्मावती लगाय त४९ वटै गाविसमा स्वास्थ्य स्वयम सेविकाहरुले औषधि खुवाउदै छन ।
औष्धि खुवाउनका लागी जिल्ला स्वास्थ्य कार्यलय प्यूठान ले करिव १२ सय स्वयमसेविका खटाएको छ । आज पहिलो दिन गाविस को पायक पर्ने ठाउं मा केन्द्र राखेर खुवाइने र भोली र पसर्ी आज सेवन गर्न छुटेकाहरुलाई घरमै गएर खुवाइने कार्यक्रम रहेको छ ।प्यूठानको फोप्ली गाविस मा आज पहिलो दिन गत वर्षको तुलनामा एसपटक धेरैले हात्तिपाइले रोगविरुद्धको औषधि सेवनगरेका छन
गाविस स्थित हात्तिपाइले रोगका विरामी लुप्लु २ का जुमानीविक को अवस्था देखे पछि औषधि खान हुदैन औषधिको नराम्रो प्रभाव हुन्छ भन्नेहरुले पनि औषधि खाएको स्वयम सेविका तावन्ता सुनारले बताउनु भयो औषधि सेवनका लागी औषधि खुवाउने केन्द्रमा उपस्थित भएका हात्तिपाइले रोगकी विरामी वि क लाइ स्वयम सेविका तावन्ता सुनार राधा जि।सी चन्द्रवती सुवेदी फोप्ली उपस्वास्थ्य चौकी का कार्यलय सहयोगी हुमलाल सुनार लगायत ले व्यात्तिगत रुपमा आर्थिक सहयोग गर्नु भएको छ । उपवास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष केसर सापकोटा स्वयम सेविका लगायत को प्रयासमा वि क लाइ औषधि खुवाउने कन्द्र माउपस्थीत गराइएको हो ।जिल्ला स्वास्थ्य कार्यलय प्यूठानका अनुसार औषधिसेबन पछि सामान्य असर देखापरेपनि जटिल खालको असर हालसम्म नदेखियको बतायको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।