Wednesday, November 23, 2011

प्यूठानमा राहदानी लिनेहरु बढे

जिल्ल्ाा प्रशासन कार्यालय प्युठानले जिल्लाबाटै राहदानी उपलब्ध गराउने भएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि फाराम भर्नेहरुको संख्या बढेको छ । सरकारले जिल्ल्ााबाटै राहदानी उपलब्ध
गराउने नियम लागु गरेपछि प्रशासनले कार्तिक २५ गतेदेखि जिल्ल्ाामै राहदानीको फारम भर्न सुरु गरेको हो ।राप्ती अाचल अन्तर्गतका जिल्लाहरुले १५÷१५ दिनमा जिल्लामा संकलन गरिएको फाराम दाङ पठाउने प्रकि्रया अनुसार पहिलो चरणमा संकलन भएका फारामहरु गत मंगरबार दाङ ल्याइएको जिल्ल्ाा प्रशासन कार्यालय प्युठानले जनाएको छ । प्रशासनका शाखा अधिकृत भुप पुनले संकलन गरिएका ८६ जनाको राहदानी फाराम दाङ पठाएको बताउनुभयो । उहाँकाअनुसार प्यूठानको राहदानी फाराम दाङ संकलन गरी काठमाण्डौमा बनाएपछि प्युठान जिल्लाबाट वितरण गरिनेछ ।
राहदानी छिटो बनाउनेहरुका लागि १० हजार राजश्व तिरेर काठमाडौ मै गई एक हप्तामै बनाउन सकिने भएपनि ५ हजार राजश्वमा जिल्ल्ााबाटै बनाउन सकिने प्रावधान रहेको छ । ुयसका लागि यो पहिलो प्रयास भएकाले महिना डेढ महिनासम्म लाग्न सक्नेछु शाखा अधिकृत पुनले गणतन्त्रसंग भन्नुभयो । काठमाडांैबाट राहदानी बनेर दाङ केन्द्र र त्यसपछि प्युठान आएपछि वितरण गर्न सकिन्छ पुनले भन्नुभयो । ढिलै हुने भएपनि काठमाडौंमा जान नपर्ने भएकाले खर्च कम हुने भएर जिल्ल्ाामै फाराम भर्नेको संख्या बढ्दै गएको प्रशासन कार्यालयका नागरिकता फाँटका प्रमुख भिम पन्थीले बताउनुभयो ।

1 comment:

  1. k garne yastai gau-gau ma jati gare pani usta ko ustai hune vo
    yo bhattrai sarakar pani uhi dang ko mula na ho

    ReplyDelete

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।