प्यूठानको एक उप-स्वास्थ्य चौकी लामो समयदेखि पिएनको भरमा साचालन भइरहेको छ । रजवारा उप-स्वाथ्य चौकी प्यूठानमा अहेव र मासिका नहँुदा उक्त स्वास्थ्य चौकी लामो समयदेखि पिएनको भरमा चल्दै आएको हो ।
काजमा गएका अहेव उमेश यादव ६ महिनादेखि अनेत्र गएको र मासिका पनि कार्वाहीमा परी नआएपछि बिरामी जाँच्नेदेखि कार्यालयको सम्पूर्ण कामकाज परिचर ध्वजबहादुर बोहराले गर्दै आउनुभएको छ । जाडोको मौसम परिवर्तनसँगै निमोनियाका बिरामीहरुको चाँप बढ्दै गएकोले चौकीमा आएका बिरामीलाई रित्तै फर्काउन नमिल्ने भएपछि आफूले जान्ने जति औषधि दिने घाउ चिर्ने र सुइसमेत लगाउने गरेको बोहराले बताउनुभयो । मासिकाको अभावमा प्रत्येक महिना लगाउनुपर्ने खोप नियमित हुन नसक्दा गर्भवती महिला बालबालिका र बृद्धबृद्धाहरु मर्कामा परेका छन् । ४ वर्षअघि अहेव गंगाबहादुर थापाको सरुवा भएदेखि उप-स्वास्थ्य चौकी अहेवबिहिन भएको हो ।

सदरमुकामदेखि १७ कोष टाढा पर्ने रजवारामा चौकीमा अहेव नहुँदा १ करोड २० लाख ५५ हजार रुपैयाँको लागतमा निर्माणाधिन चौकीको भवन अलपत्र परेको छ । जिल्ला स्वाथ्य कार्यालयले भने बिगत २ वर्षदेखि लोकसेवाबाट कर्मचारीको बिज्ञापन गरेको भएपनि अहेव नपठाउँदा यस्तो अवस्था भएको जनाएको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।