Thursday, November 17, 2011

श्रीमान् श्रीमती मृत फेला

२९ कात्तिक, प्युठान । पाँच दिनदेखि बेपत्ता प्युठान दाखाक्वाडी- ९ का श्रीमान् श्रीमती माडी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् ।

गत बिहीबारदेखि बेपत्ता रहेका ६० वर्षीय नेत्रबहादुर खत्री र ५५ वर्षीया गौरी खत्री रम्दीको चेरनेटास्थित माडी नदी किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ । उनीहरू दुवै कम्मरमा डोरीले बाँधेको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक रामबहादुर महतराले बताउनुभयो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।