Thursday, November 17, 2011

प्युठानका गाउगाउमा बङ्गुर पालन

थोरै लगानीमा बङ्गुर पालनबाट राम्रो आम्दानी हुने बोध भएपछि जिल्लाका विभिन्न गाउँ-गाउँमा बङ्गुर पालनप्रति आकर्षा बढ्न थालेको छ ।  खलङ्गा-७ का शेरबहादुर गुरुङलाई आजभोलि बङगुरका पाठापाठी स्याहार-सुसारमा व्यस्त हुन थालेका छन् ।चार/चार महिनामै बच्चा जन्माउने र छोटो समयमै यसको मासुबाट निकै आम्दानी हुने भएपछि यसप्रतिको आकर्षा बढेको उहाँको भनाई छ । प्यूठान जिल्लामा पहिलो पटक बङ्गुरका पाठापाठी बिक्री गर्ने कृषक बताउनु हुने शेरबहादुरसँग अहिले ६ वटा माउ र ७२ वटा पाठापाठी छन् ।


आजभोलि एउटा बच्चालाई रु.३हजारदेखि ४ हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बङ्गुरका पाठापाठी ४० दिनमै बिक्री गर्न सकिन्छ । हाल जिल्ल्ााका विभिन्न बजारमा अन्य मासुको भन्दा बङ्गुरको मासु सस्तोमा पाइन्छ । यसले पनि गाउँलेमा बङ्गुर पालनमा आकर्षा बढेको खलङ्गा-७ का इन्द्रलाल शाक्यले बताउनुभयो ।

उहाले भन्नुभयो-’जन्मेदेखि काट्दासम्म राम्रो आम्दानी हुने भएकाले व्यावसायिक रुपमा बङ्गुर पालनमा लहर बढेको हो ।’ पशु सेवा कार्यालय प्यूठानको तथ्याङ्क अनुसार हाल जिल्लामा स्थानीय जातका १ हजार ४३५ र उन्नत जातका १ हजार ७ सय गरी ३ हजार १९८ जति बङ्गुर रहेको कार्यालयका पशु चिकित्सक डा.विष्णुप्रस्ााद धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ल्ाामा बङ्गुर पालनमा सुरुवातको अवस्था भएकाले लिनुपर्ने फाइदा अँझै लिन सकिएको छैन । पशु सेवा कार्यालयले सहभागितात्मक पशु विकास कार्यक्रमअर्न्तर्गत हाल हंशपुर गाविसमा स्थानीय कृषकको चाहनाअनुसार बङ्गुर पालनका लागि सहयोग गर्दै आएको छ । यस्तै कबुलीयती वन तथा पशु विकास कार्यक्रमअर्न्तर्गत पनि कृषकहरुको रोजाइमा बाख्रापालन, कुखुरापालनको सट्टामा पकला, मर्कावाङ, बरौलालगायतका गाविसमा बङ्गुर पालनका लागि अनुदान सहयोग गर्दै आएको छ । यस्तै माझकोट-८ मा स्थानीय युवाको सक्रियतामा गतिशील युवा कृषक उत्पादन समूह गठन गरीे गाउँका युवाले व्यावसायिक कृषि र्फम खोली अन्य कृषि उत्पादन सँगसँगै बङ्गुर पालन गर्दै आएको समूहका सचिव रोहिणिराज पोखरेलले बताउनुभयो । समुहले हाल ८ माउ बुङ्गुर पालेर पाठापाठी बेच्दै आएको उहाँले बताउनुभयो ।समूहबाट पाठापाठी लिएर स्थानीय रुपमा माझकोट, जुम्रीकाँढा, बिजयनगर, बिजुवारलगायतका गाविसका गाउँलेले घरघरमा बङ्गुर पाल्न थालेका छन् । बजारमा बङ्गुरको मासु प्रतिकिलो रु.१६० मा पाइन्छ । एउटा बङ्गुर २ क्विइन्टलसम्म हुने भएकाले एउटै बङ्गुबाट रु.३० हजारसम्म पर्ने गरेको किसानहरुको भनाई छ

1 comment:

  1. very good yastai yasta swabalambi kamharu garnu par6.

    ReplyDelete

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।