Sunday, October 16, 2011

नबाङ्गिई गरौं मोबाइलमा कुरा

मोबाइल फोन गर्दनले एकातिर थिचेर लामो समय गफिन अभ्यस्त हुनुहुन्छ भने सावधान भइहाल्नुस् । मोबाइल फोनका उपभोक्ताहरू यस्तो शारीरिक मुद्राका कारण नयाँ समस्याले पीडित भइरहेका छन्, जसलाई 'टेक्स्ट नेक' भनिन्छ । निकै लामो समयसम्म गर्दन बंग्याएर फोनमा कुरा गर्दा तपाईंमा बात वा गठियाको समस्या देखिन सक्छ । समस्या अझ गम्भीर हुँदा मांसपेशी स्थायी रूपमा बांगिन सक्छ । अनि घाँटी सीधा हुन कठिनाइ उत्पन्न हुन सक्छ ।



स्मार्ट फोन र ट्याबलेट कम्प्युटरको उपयोग बढ्नाले टेक्स्ट नेकको समस्यामा वृद्घ भएको हो । लिडस्को फ्रिडम ब्याक क्लिनिक्सका रसेल ल्यानकास्टरका अनुसार यो स्थिति आउनुको कारण मोबाईल फोन अड्काइराख्न घाँटीलाई लामो समयसम्म मोडेर राख्नु हो । घाँटीको मांसपेशी र जोर्नी लामो समयसम्म मोडेर राख्नका लागि बनेको हुँदैन । लामो समयसम्म मोड्नाले दबाब पर्छ । यो समस्याप्रति बालबालिका बढी संवेदनशील हुन्छन् किनभने उनीहरूको टाउको वयस्कको दाँजोमा उनीहरूको शरीरभन्दा बढी ठूलो हुन्छ । पातलो घाँटी भएका महिलाले समेत यो समस्याप्रति बढी सावधानी अपनाउनु आवश्यक छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।