हत्या अभियोग लागेका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभू साहले आफ्नो पदबार राजीनामा दिएका छन् । उनले सिंहदरवारमा आइतबार साँझ साढे ४ बजे प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्नले मन्त्री साहको निर्देशनमा हत्या गरेको बयान दिएपछि उनलाई हटाउन विपक्षी दल तथा अधिकारकर्मीले माग गर्दै आएका थिए । उनको राजीनामा माग गर्दै कांग्रेस, एमालेलगायत विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।
केन्द्रीय सदस्यसमेत रहेका साहलाई फसाउने षड्यन्त्र भएको भन्दै माओवादीले उनको बचाउ गर्ने निर्णय गरेको थियो । तर आइतबार बिहान बसेको पदाधिकारी बैठकले फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्री साह राजीनामा दिन बाध्य भएका हुन् ।
नेता साह प्रधानमन्त्री भट्टराईका विश्वासिला पात्र हुन् । संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित शाह झलनाथ खनाल नेतृत्वको सरकारमा कानुन मन्त्री थिए । उनी संविधानसभा अन्तर्गतको न्याय प्रणाली समितिका सभापति हुन् ।

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।