तपाईहरु सबैलाई यस वेव साइट हृदयदेखि स्वागत गर्न चाहन्छु । म एक प्युठानी भएको नाताले प्युठानलाई संसारभर चिनाउनका लागि एउटा सानो प्रयास गरेको छु त्यो पनि एउटा ब्लग प्रयोग गरेर । यस प्रयासमा तपाईहरु सबैलाई सहयोग गर्नु हुनेछ भन्ने ठूलो अपेक्षा राखेको छु । हुन त मैले योभन्दा पहिले तपाईहरुसँग फेसबुकमा प्युठान मेरो घर भन्ने नाम राखेर तपाईहरुमाझ उपस्थित थिए । त्यसैबाट नै मैले तपाईहरु अगाध माया पाए अनि अरु पनि केही गरौँ न भन्ने सोंच राखेर यो ब्लग चलाउन सुरु गरेको छु । यसमा भएका गल्तीहरु सच्याउन सहयोग गरिदिनुहुनका लागि म हृदयदेखि आग्रह गर्दछु । हो सबैलाई आफू जन्मेको आफ्नो गाउँ-ठाउँ प्यारो मात्र होइन मृत्युबोध गर्ने अवस्थामा सम्म पनि कदापि बिस्रन सकिँदैन । त्यसैले गर्दा यसलाई झन ऊर्जा प्रदान गरौँ भन्ने सोंच आयो अनि यो ब्लग साइट सुरु गरेको छु । यो कदममा तपाईहरुको सहयोग र साथ पाए भने झन् ब्लग साइट मात्र किन रजिष्ट्रड साइट चलाउला भन्ने बाचा गर्दै विदा हुन चाहन्छु । धन्यावाद ……..................................................................
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।